आफ्नै ससुराको हत्या गरेको अभियोगमा पक्राउ  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आफ्नै ससुराको हत्या गरेको अभियोगमा पक्राउ 


प्रशासन संवाददाता

२४ माघ २०७५, बिहिबार


घुससहित रंगेहात पक्राउ

ओखलढुङ्गा । आफ्नै ससुरा ७० वर्षीय रामकाजी गुरुङलाई फलामको ढुङग्रोले टाउकोमा हानी हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-४ रुम्जाटार बस्ने ३० वर्षीया तारादेबी गुरुङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अंशबण्डाको बिषयमा विवाद हुँदा आफ्नै ससुरा रामकाजीलाई फलामको ढुङग्रोले टाउकोमा हानी हत्या गरेको खबर प्राप्त भए पश्‍चात खटिएको प्रहरीले तारादेबीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस