अवैध हतियारसहित एक जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अवैध हतियारसहित एक जना पक्राउ


प्रशासन संवाददाता

२४ माघ २०७५, बिहिबार


घुससहित रंगेहात पक्राउ

हेटौँडा । मकवानपुर कैलाश गाउँपालिका–४ स्थित देउराली डाँडाबाट अवैध बन्दुक र चरेसको धुलोसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देउराली डाँडाका ३३ वर्षीय देवान सिंह मोक्तान रहेको छ । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरि र प्रहरी चौकी भार्ताबाट खटिएको टोलीले घरको पछाडि खरमुनि लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुक एक थान, सानो कटुवा पेस्तोल एक थान र चरेस बनाउने धुलो पाउडर दुई किलोसहित उनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका मोक्तानलाई आवश्यक कानूनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालयका निरीक्षक मधुकर थापाको नेतृत्वमा खटिएको टोलीले हेटौँडा–१९ बाट ७४ किलो गाँजासहित एक वृद्धालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ७० वर्षीय चन्द्रबहादुर भोलन रहेका छन् । भोलनको घरबाट १६ किलो गाँजा वरामद भएको छ भने सोही स्थानका पूर्णबहादुर भोलनको घरबाट ३२ किलो तथा बुद्धिलाल भोलनको घरबाट २६ किलो गाँजापनि वरामद गरी जफत गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै १६ वर्षीय बालिकालाई बलात्कार गरी ३ महीनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिकको दोस्रो हप्तामा बालिकालाई बलात्कार गर्ने अभियोग लागेका मकवानपुर कैलाश गाउँपालिका–३ का २३ वर्षीय प्रवीन भन्ने विष्णुप्रसाद भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भुजेलले बालिकालाई आफ्नो नामसहित परिवर्तन गरी फोनमार्फत बोलाएर कैलाश–१० स्थित जङ्गलमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस