न्यायिक समितिमा ६ महिनामा ५२ उजुरी दर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

न्यायिक समितिमा ६ महिनामा ५२ उजुरी दर्ता


प्रशासन संवाददाता

२४ माघ २०७५, बिहिबार


काठमाडौं । तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा ५२ उजुरी दर्ता भएको छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा समितिमा ५२ उजुरी दर्ता भएको हो । तीमध्ये ८ उजुरी मिलापत्रको माध्यमबाट समाधान गरिएको र बाँकीको समाधानका लागि छलफल र सहमतिको प्रयास भइरहेको नगरपालिका उपप्रमुख भवानी डोटेलले जानकारी दिए ।

आव २०७४/७५ मा समितिमा परेको ६२ उजुरीमध्ये १९ उजुरी मिलापत्रका माध्यमबाट समाधान गरिएको थियो भने बाँकी ३० उजुरीको सुनुवाइ अझै हुन सकेको छैन ।

समयमा नै उजुरी फछ्यौट नहुँदा भर्खरै अभ्यासमा आएको न्यायिक समितिको प्रभावकारिता कतै कमजोर हुने पो हो कि भन्ने चिन्ता व्यक्त हुन थालेको छ । नगरपालिकामा आउने उजुरी सबै लिखित रुपमा नै आउने गरेका छन् । समितिमा आउने अधिकाँश उजुरीे साँध–सिमानाका छन् ।

प्रतिक्रिया दिनुहोस