सिण्डिकेट व्यावहारिक रुपमा खारेज भएको छैन : मुख्यमन्त्री पौडेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिण्डिकेट व्यावहारिक रुपमा खारेज भएको छैन : मुख्यमन्त्री पौडेल


प्रशासन संवाददाता

२३ माघ २०७५, बुधबार


हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्रको सिण्डिकेट नीतिगत रुपमा खारेज गरिए पनि व्यावहारिक रुपमा भने खारेज नभएको बताएका छन् ।

नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको आज उद्घाटन गर्दै उनले हालका दिनमा यातायात व्यवसायी अन्योल र चिन्तामा रहेको आफूले महसुस गरेको बताए। यातायात क्षेत्रलाई समेट्ने छुट्टै ऐन चाहिने उल्लेख गर्दै उनले खर्बौं लगानी रहेको यातायात क्षेत्रको आर्थिक योगदानको कदर गरिने जानकारी गराए ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले देशको आर्थिक क्षेत्र विदेशीको कब्जामा पर्न नदिन बेलैमा सचेत हुन अनुरोध गरे ।

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले चाँडै यातायात परिषद् गठन गरिने र त्यसको नियमनमा यातायात उद्योगलाई राखिने बताए ।

कार्यक्रमका प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले यातायात क्षेत्रले यातायात मजदूरलाई नियुक्तिपत्र दिनुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस