नागढुङ्गाबाट लागुऔषधसहित एक पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नागढुङ्गाबाट लागुऔषधसहित एक पक्राउ


प्रशासन संवाददाता

२३ माघ २०७५, बुधबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले जनकपुरबाट काठमाडौँ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बस जाँचका क्रममा सोलुखुम्बुका २० वर्षीय छिरिङ शेर्पालाई आज बिहान पक्राउ गरेको हो ।

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले झोलामा लुकाएर अवैध लागुऔषध ल्याउँदै गरेको अवस्थामा शेर्पालाई पक्राउ गरिएको जानकारी दिए ।

शेर्पासँग प्रहरीले ७५० ट्याब्लेट नाइट्राभेट बरामद गरेको छ । अभियुक्त शेर्पालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस