२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश गर्दै मन्त्री पण्डित

अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । आज दिउँसो १ बजे बोलाइएको बैठकमा मन्त्री पण्डितले उन्नाइसौं वार्षिक प्रतिवेदन पेश गर्ने भएका हुन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दुई वटा संवैधानिक आयोगको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्न लागेका हुन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालत तथा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने छन् । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकका सम्बन्धमा समितिको प्रतिवेदन’ पेश गर्ने छन् ।

आजको बैठकमा गृह मन्त्री रामबहादुर थापा, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री डा.युवराज खतिवडालाई मौखिक प्रश्न सोध्ने र जवाफ दिने कार्यक्रम रहेको छ ।

सांसदहरू डिला संग्रौला, देवेन्द्रराज कँडेल, रामबहादुर विष्ट, सरिता न्यौपाने, दिलेन्द्रप्रसाद बडु लगायतले प्रश्न सोध्ने भएका छन् । उनीहरूले कञ्चनपुरकी बालिका निर्मला पन्त, भक्तपुरमा निशान खड्काको हत्यापछि भएको भनिएको इन्काउन्टर लगायतका विषयमा गृहमन्त्रीसँग जवाफ माग गर्ने तयारी गरेका छन् । संसदको चालु हिउँदे अधिवेशनमा ८८ मौखिक र २८ वटा लिखित प्रश्न दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस