लागुऔषध सहित १ जना पक्राउ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

लागुऔषध सहित १ जना पक्राउ


प्रशासन संवाददाता

२२ माघ २०७५, मंगलबार


घुससहित रंगेहात पक्राउ

काठमाण्डौं । महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले यहि माघ २१ गते बेलुका २१:०० बजे अबैध लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका(५ घर भई काठमाण्डौ चन्द्रगिरी नगरपालिका-१२ गुर्जुधारा बस्ने वर्ष ३५ को नवराज बुढा छन् ।

उनको साथबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो धुलो २० ग्राम र डाईजोपाम, नुरफिन र फेनारागन गरी जम्मा २०३ एम्पुल बरामद गरेको छ ।

निजलाई काठमाण्डौं चन्द्रगिरी नगरपालिका १ सृजना चोकबाट चेकजाँच गर्ने क्रममा पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस