२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीयता संस्थागत गर्न ढिलाइ : काङ्ग्रेस नेता सिंह

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयता संस्थागत गर्ने कार्यमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेसको काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै उनले संघीयताका लागि आवश्यक कानून निर्माण गरी जनअपेक्षा अनुसारका काम गर्न सरकारलाई सुझाव दिए । नेता सिंहले प्रतिपक्षी दलका नेताको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक बसेर गरिएका निर्णय संविधान र कानून विपरीत भएको जिकिर गरे।

सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक संसद्बाट जबर्जस्ती पारित गरेको आरोप लगाउँदै उनले चिकित्सा शिक्षाको गुणस्तर सुधारका लागि कांग्रेसले अभियान जारी राख्ने बताए ।

सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले मुलुकमा हत्या, हिंसा र बलात्कारका घटना बढेको, महङ्गीले बढेको, चिनी काण्ड, सुन काण्ड जस्ता घटना घटेको र मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध हुँदासमेत समाधानका लागि सरकारले ठोस काम गर्न नसकेको टिप्पणी गरे ।

अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सत्तापक्षले परराष्ट्र सम्बन्धमा राष्ट्रिय हितभन्दा पार्टीको हितमा काम गरेको आरोप लगाउँदै मुलकमा भ्रष्टाचार बढेको टिप्पणी गरे । पूर्वसभामुख तारानाथ रानाभाटले सरकारका गलत कार्यको निन्दा गर्दै सजग गराउन पार्टीले विरोध प्रदर्शन गरेको बताए ।

कार्यक्रममा सांसदद्वय भीमसेनदास प्रधान र राजेन्द्रकुमार केसीले सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको र भ्रष्टाचारका आरोपीलाई कारवाहीका लागि आवश्यक तदारुकता नदेखाएको आरोप लगाए ।

काठमाडौँ काङ्ग्रेसका सभापति कृष्ण बानियाँ (सबुज) र नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईले सरकारले प्रतिपक्षी दलप्रति निषेधको राजनीति गरेको आरोप लगाउँदै सरकारलाई गलत कार्य गर्नबाट रोक्न पार्टीले खबरदारी गरिरहने बताए । सभाअघि विभिन्न नारासहितको जुलुशले नगर परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस