बालिका बलात्कारको अभियोगमा एक पक्राउ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बालिका बलात्कारको अभियोगमा एक पक्राउ


प्रशासन संवाददाता

२१ माघ २०७५, सोमबार


घुससहित रंगेहात पक्राउ

रुकुम । बालिका बलात्कारको अभियोगमा एकलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

मादक पदार्थ सेवन गरी लठ्ठै भएका गौतमलाई सोही ठाउँकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिकाको शारीरिक अवस्था हेर्दा बलात्कार भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस