काठमाडौं । नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । सरकारले गरेका कतिपय निर्णयका विरुद्ध कांग्रेस प्रदर्शनमा उत्रिने भएको हो ।
महंगी, भ्रष्टाचार तथा जनविरोधी निर्णयविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने जनाइएको छ । देशका ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने जनाइएको छ ।