बन्द सरकारी कार्यालय र विद्यालय खुले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बन्द सरकारी कार्यालय र विद्यालय खुले


२० माघ २०७५, आइतबार


रुकुम । रुकुमकोटमा आज बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् ।

सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले बन्द गरिएका विद्यालयमा पठनपाठन र कार्यालयमा सरकारी कामकाज पुनः शुरु गरिएको प्रजिअ मित्रलाल शर्माले जानकारी दिए । सदरमुकाम विवादको विषयमा आन्दोलनका कार्यक्रम गर्ने कुरालाई लिएर रुकुमकोटवासी र गोलखाडावासीबीच शनिबार साँझ र आाइतबार बिहान जिल्ला आन्दोलन चलिरहेको ठाउँ रुकुमकोटमा भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।

दुवै पक्षले सो विषयलाई प्रशासनको जिम्मा लगाएपछि विद्यालय र कार्यालय खुलेका छन् । रुकुमकोट र सो आसपासका नागरिक विगत एक वर्षदेखि आन्दोलनरत छन् । यही माघ १४ गतेदेखि राके जुलुस, कोणसभा, सरकारी कार्यालयमा धर्ना लगायतका कार्यक्रम गर्दै आएका आन्देलनकारीले शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारेका छन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाडामा सदरमुकाम राख्ने निर्णय गरेको थियो । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्चले आगामी २७ गते बोलाएको छ । सो छलफल नजिकिँदै गर्दा दबाबस्वरुप दुवै पक्षले आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस