स्वास्थ्य सेवा :पूर्ण तहगत प्रणालीमा प्रवेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्वास्थ्य सेवा :पूर्ण तहगत प्रणालीमा प्रवेश


भुपेन्द्र शाही

२० माघ २०७५, आइतबार


स्वास्थ्य सेवा

स्वास्थ्य मन्त्रालयले छैटौँ र पाँचौँ तह बिचको ज्येष्ठता विवादको न्यायोचित निकास निकालेको छ। यो मन्त्रालयको सकारात्मक कदम हो । यसरी वर्षौँ सम्म अपहेलित र पीडित तहको मर्का सम्बोधन गरिनु अवश्य पनि स्रहानिय कार्य नै हो ।यधपि त्यही विषयलाई लिएर कतिपय व्यक्तिहरूले गलत टीका टिप्पणी गरिरहेको देखिन्छ । तहगत संरचनाको मर्म नै तहगत ज्येष्ठता हो र सोही अनुसार पद व्यवस्थापन हु । पाँचौँ, छैटौँ लगायत सबै तहहरू कुनै एउटा अमुक पदको निजी होइन । यो उक्त तहमा कार्यरत मिल्दो सेवा समूहको साझा चौतारी जस्तै हो । निजामती सेवा सबैको साझा सेवा हो । यहाँ सबै नेपाली नागरिकहरू आफ्नो योग्यता र कार्य दक्षताबाट आउछन, जान्छन्। यो जनताको सेवा गर्ने साझा फोरम अनि चौतारी जस्तै हो। उक्त चौतारीमा बसिरहेको कुनै यात्रीले अर्को गन्तव्यमा पुग्दै गरेको कुनै यात्री बस्न खोज्दा तिमी बस्न मिल्दैन भन्नु आफैमा लज्जास्पद र असभ्य कुरा हो । तर, स्वास्थ्य सेवाको तहगत व्यवस्थापन माथि गरिएका हल्का मजाक र भद्दा टिप्पणीहरूले यस्तै लज्जास्पद कुराको सङ्केत गर्दछन् ।

स्वास्थ्य सेवा ऐनमा भएकै व्यवस्थालाई मन्त्रालयले कार्यन्वयन गर्ने हो । सोही ऐनमा भएको ९(ख)मा भएको व्यवस्था वाट विशेष पदस्थापन गरिएको पनि हो । तथापि, (ख)पुर्णरुपमा कार्यान्वयन हुन सकेको थिएन । अहिले मुलुक सङ्घीयतामा गईरहदा र कर्मचारी समायोजनको तहगत पुनसंरचनामा जाँदा भने यो कार्यन्वयन हुने अवस्थामा आई पुगेको छ । देशमा आमुल परिवर्तन हुँदा पछाडि पारिएका र पीडित वर्ग समुदाय राज्यको मूलधारमा आउने अवसर पाए झै निजामती प्रशासनमा पनि २४(घ)लाई त्यही रूपमा लिन सकिन्छ । हिजो मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्दै गर्दा प्रशासन समूहका कर्मचारी हरू २४(घ)बाट बढुवा भई दक्षतापूर्वक कार्यसम्पादन गरिरहेको स्थिति छ । यधपि २४(घ)जस्तै स्वास्थ्य सेवामा रहेको ९(ख) विविध कारणले पूर्ण रूपमा कार्यन्वयन हुन सकेको थिएन ।

तहगत संरचनामा पाँचौँ तह मुनि छैटौँ तह रहने गरी जुन दरबन्दी तेरिज बनाइएको थियो । विभेद त्यही नेर थियो । कि पाँचौँबाट छैटौँमा तह बढुवा गर्नु हुने थिएन, कि छैटौँ तहलाई पाँचौँ मुनि राख्ने गरी दरबन्दी तेरिज बनाउन हुने थिएन ।विगतमा जे जस्ता कमी कमजोरी रहेता पनि हाल पारित दरबन्दी तेरिज र साङ्गठनिक संरचना अनुसार तहगत ज्येष्ठता कायम हुँदा न्यायोचित निकास निस्केको विषयलाई केही व्यक्तिहरूले फेरि पनि ऐन नियमको अप व्याख्या गरी घुमाउरो पाराले पुरानै संरचनाको पक्षपोषण गर्न खोज्नु पश्चगामि हरकत सिवाय केही होइन ।

छैटौँ तहको सन्दर्भमा हिजो पाँचौँ तहको आ प्र मा सामेल हुन खोज्दा सिनियर छैटौँलाई माथिल्लो तह भनी सामेल नगराइएको अनि जुनियर पाँचौँ तहलाई सामेल गराई एउटा प्रकृयावाट बढुवा गराउँदा उक्त बढुवा जनशक्ति ले पनि दक्षता पुर्वकनै काम गरिरहेको स्थिति छ भने अवसर पाए सिनियर जनशक्तिले झन् काम गर्न नसक्ने भन्ने कुरा नै भएन ।  यस्तै वढुवाको अर्को प्रक्रिया हो साबिक ऐनमा व्यवस्था गरिएको ९(ख) स्तर वृद्धि र पदस्थापन । जसलाई अहिलेको स्थानीय तह सञ्चालन ऐन तथा कर्मचारी समायोजन ऐनमा व्यवस्था गरिएको तहगत व्यवस्थाले कार्यन्वयन गर्नका लागि वाध्यात्मक अवस्थाको सिर्जना गरिदिएको छ ।

केही व्यक्तिहरू ऐन नियममा भएका दफाहरूको पूर्ण व्याख्या नगरेर आफ्नो हितमा भएका दफाहरूलाई मात्र हाईलाइट गरी प्रस्तुत गरिरहेका हुन्छन् । यसरी आधा छोपेर प्रस्तुत गर्दा त स्तनपान गराइरहेकी महिलाको बच्चा नदेखाएर स्तन मात्र देखाएको फोटो पनि अश्लील देखिन सक्छ । जस्तो स्तरबृद्धि सम्बन्धी व्यवस्थामा जो जुन तहबाट स्तरवृद्दि भएको हो सोही तहको कामकाज गर्नु पर्ने छ भनेको विषयलाई त ऐनको विशेष पद स्थापना सम्बन्धी व्यवस्थाले काटेको नै छ । ९(ख)मा स्तरबृद्धि गरिएपछि पद स्थापना गरी पुल दरबन्दी सृजना गर्नु पर्नेछ, पद र तह अनुसारको कार्य विवरण बनाउनु पर्नेछ भनेर त लेखेकै छ नि । यस्तो कुरालाई किन ढाकछोप गर्न आवश्यक छ र !

अर्को कुरा स्वास्थ्य सेवा ऐनमा भएको व्यवस्था लाई शिक्षक सेवा र प्रशासन सेवाका का स हरूसँग जोडेर अप व्याख्या गर्ने अनि विषयवस्तुलाई तोडमोड गरेको पनि पाइन्छ । स्पष्ट रूपमा शिक्षा सेवा ऐन फरक हो र स्वास्थ्य सेवा ऐन फरक हो । ती दुवै सेवा पनि फरक फरक हुन । यदि एउटै ऐनले सम्बोधन गर्ने भए दुईवटा ऐनको जरुरी नै पर्ने थिएन । यसरी स्वास्थ्य सेवा ऐनमा भएको व्यवस्थालाई शिक्षा सेवा ऐनसँग तुलना गर्दा गर्दा अहिले मात्र संघीय निजामती ऐनले सहायक तहका स्वास्थ्यकर्मीहरूलाई पनि प्रथम, द्धितीय र तृतीय स्तरमा रहने व्यवस्था गरेको छ।यो कति स्वास्थ्यकर्मी हरूको हित र अहितमा छ छलफलको फरक विषय बन्ला ।

यसमा सबै जना स्पष्ट हुन जरुरी छ । आज अरूको पनि सहअस्तित्वलाई स्वीकार गरी भोलिका सम्भावनाहरू को सदुपयोग गर्नु नै आजको आवश्यकता हो ।

Tags :
प्रतिक्रिया दिनुहोस