मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु « प्रशासन
Logo १७ आश्विन २०७९, सोमबार
   

मिनीबसको ठक्करबाट वृद्धाको मृत्यु


२० माघ २०७५, आइतबार


भरतपुर । चितवनमा मिनीबसको ठक्करबाट आज बिहान ६ः१५ बजे एक वृद्धाको मृत्यु भएको छ ।

पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा३ख २५६५ नंको स्थानीय रुटमा चल्ने मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईंलाई ठक्कर दिएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस प्रहरी निन्त्रणमा रहेको र चालक फरार रहे पनि प्रहरीको सम्पर्कमा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस