युएईले नेपाललाई दियो १५४ रनको लक्ष्य « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

युएईले नेपाललाई दियो १५४ रनको लक्ष्य


प्रशासन संवाददाता

१७ माघ २०७५, बिहिबार


काठमाडौं । पहिलो टी-२० खेलमा युएईले नेपाललाई १ सय ५४ रनको लक्ष्य दिएको छ।

दुबईस्थित आइसिसी एकेडेमीमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको युएई २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो।

युएईका लागि सइमान अनवारले ५९ रनको योगदान गरे। आक्रामक रुपमा प्रस्तुत भएका अनवारले ३८ बल खेलेर ५ चौका र २ छक्का हिर्काएका थिए।

उनलाई नेपालका अभिनास बोहोराले बोल्ड गरेका थिए। मोमहद उस्मानले ३० रन जोडेका थिए।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले दुई-दुई विकेट लिएका छन् ।

त्यस्तै सोमपाल कामी र अभिनाश बोहोराले एक-एक विकेट लिए । करण केसी महंगो सावित भए ।

४ ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए ।

Tags :
प्रतिक्रिया दिनुहोस