२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको चिन्ता लिनुपर्ने दिन आउँदैन : प्रम ओली

अ+ अ-

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताएका छन्  ।

सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रम ओलीले अब कसैले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताए ।

उनले भने, ‘सरकारले चौतर्फी तीव्रगतिले काम गरेको छ, त्यसैले अब कसैले पनि देशको चिन्ता लिने दिन आउँदैन ।’ झापाको दमक नगरपालिकाले यहाँ आजदेखि आयोजना गरेको पाँचदिने प्रदेशस्तरीय बृहत् बालमहोत्सवको उद्घाटन गर्दै प्रम ओलीले वर्तमान सरकारको एकमात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीँबाट नेपालले फड्को मार्ने जोड दिए ।

देशको अहिलेको आवश्यकता पूरा गर्न सरकार स्पष्ट र जिम्मेवारीका साथ अगाडि बढेकोउल्लेख गर्दै उनले विकास र समृद्धिको महान् यात्रामा अब सबै नेपाली एक ढिक्का हुनुपर्ने खाँचो रहेको औँल्याए । उनले देशको साझा लक्ष्यप्राप्तिका लागि कसैले बाधक बन्न नहुने धारणा राखे ।

सरकारले ‘सुखी नेपाली र समृद्धि नेपाल’को परिकल्पना सरकारको लक्ष्यमात्र नभएर देशकै योजना भएको उनको जिकिर थियो । प्रधानमन्त्री ओलीले देशको विकाससँगै नेपाली जनताको अधिकार प्राप्ति र विकासमा आधुनिकता हासिल गर्न उन्मुख भएकाले पनि देश रुपान्तरितको दिशामा अगाडि बढेको छ भने ।

उनले बालमहोत्सवले बालबालिकाभित्रका लुकेका प्रतिभालाई उजागर गर्ने अवसर भएको बताए । यस्ता महोत्सव आफ्ना क्षेत्रको पहिचानसँगै देशको आर्थिक विकासमा सघाउ पु¥याउन सहयोग पुग्ने माध्यम भएको उनको भनाइ थियो ।

त्यसअवसरमा उनले नगरपालिकाद्वारा प्रकाशित ‘प्रोफाइल’को समेत विमोचन गरे । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देशको विकास र समृद्धिको महान् लक्ष्यप्राप्तिका लागि सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकामा जोड दिए ।

नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको बालमहोत्सव उद्घाटनमा नगरउपप्रमुख तथा बालमहोत्सव मूल समितिका संयोजक गीता अधिकारीले बालमहोत्सव बालमैत्री नगर बनाउन यसले सघाउ पुर्‍याउने चर्चा गरे ।

बालमहोत्सवको उद्घाटनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, भौतिक योजनमन्त्री रघुवीर महासेठलगायत प्रदेशका मन्त्रीको उपस्थिति थियो । महोत्सवमा स्थानीय जातिका झाँकी, नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

दमक–९ स्थित हिमालय माध्यमिक विद्यालयमा शुरु भएको उक्त बालमहोत्सवमा बालबालिकाको प्रतिभा उजागर गर्ने नृत्य, निबन्ध, चित्रकला, कविता, हाजिरीजवाफ, वक्तृत्वकला, विज्ञान प्रतियोगितालगायतका एक दर्जन बढी विभिन्न विधामा एक हजार बढी विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने महोत्सवभरि स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसमेत रहने जनाइएको छ । करीब एक लाख सर्वसाधारणले अवलोकन गर्ने लक्ष्य राखिएको उक्त महोत्सवमा बालबालिकासहित विभिन्न ५० वटा व्यावसायिक कक्ष रहनेछन् ।