२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिपक्षीको विरोधबीच राष्ट्रियसभा बैठक जारी

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदको अवरोध भए पनि राष्ट्रियसभाको बैठक जारी छ ।

सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक शुरु गर्नेबित्तिकै काङ्ग्रेसका सांसदले उठेर विरोध जनाएका थिए । अध्यक्ष तिमल्सिनाले समय दिएपछि काँग्रेस सांसद जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षको नाताले सदन चलोस् भन्ने चाहे पनि सरकार र डा गोविन्द केसीबीच गत साउन १० गते भएको सहमति किन कार्यान्वयन भएन भनी प्रश्न गरे ।

‘सरकारले विद्रोही पक्षसँग सम्झौता गरेर कार्यान्वयन गर्दैन भने यो कस्तो सरकार, पटक पटक सहमति गर्ने तर कार्यान्ययन नगर्ने रु गोविन्द केसी काङ्ग्रेस वा कम्युनिष्ट होइनन्, चिकित्सा शिक्षा सुधारका लागि मूल्यमान्यता स्थापना गर्न लागेका व्यक्तित्व छन्’, उनले भने ।

निर्मला पन्तदेखि प्रा डा केसीसम्मको प्रकरणमा सरकार निरीह बनेको आरोप सांसद देवले लगाए । सोह्रौँ पटक सत्याग्रहमा रहेका प्रा डा.केसीको माग र यसअघिको सहमति वार्ताका माध्यमबाट समाधान खोज्नुपर्ने काङ्ग्रेसको मान्यता रहेको उनले सभामा जानकारी दिए ।

राष्ट्रियसभा परिपक्व भएकाले प्रतिनिधिसभाबाट भएका गल्ती एवं कमजोरीलाई वार्ताका माध्यमबाट विधेयक परिमार्जन गरेर पारित गर्नुपर्ने काङ्ग्रेसको अडान रहेको सांसद देवले बताए । वार्ताका माध्यमबाट विधेयक परिमार्जन नभएसम्म विरोध जारी रहने भन्दै काङ्ग्रेस सांसद उठेपछि अध्यक्ष तिमल्सिनाले बस्न उनीहरुलाई पटक पटक आग्रह गरेका थिए । प्रतिपक्षीका दलका सांसद नबसेपछि विरोधका बीच सभाको प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस