काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसे ५ लाख घुससहित पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसे ५ लाख घुससहित पक्राउ


प्रशासन संवाददाता

१७ माघ २०७५, बिहिबार


काठमाडौं । काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  कार्यालय टङ्गालबाट खटाएका टोलीले बबरमहल स्थित नव परिसरबाट पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा सहज गराइदिने भनी उनले ५ लाख रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस