सबै खालको जनशक्ति उत्पादनमा लाग्नुपर्छ : मन्त्री गुरुङ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सबै खालको जनशक्ति उत्पादनमा लाग्नुपर्छ : मन्त्री गुरुङ


प्रशासन संवाददाता

१४ माघ २०७५, सोमबार


दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सबै खालका जनशक्ति उत्पादनतर्फ सरकार लागेको बताएका छन् ।

तनहुँको भिमाद नगरपालिका–९ भानुमतिस्थित बुचाखानी माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले देशमा सबै खालका दक्ष जनशक्तिको आवश्यकता भएकाले सरकार सोही दिशातर्फ अगाडि बढेको बताए।

उनले सबै चिकित्सक, इन्जिनीयर भएर मात्र देशको विकास हुन नसक्ने भएकाले भूगोलविद्, समाजशास्त्री, अर्थशास्त्रीदेखि कृषिविज्ञसम्म आवश्यक पर्ने बताउँदै सोही प्रकारको शिक्षा दिनेतर्फ सरकार दृढ रहेको बताए। उनले सबै खालका जनशक्ति उत्पादन गर्न सकिए मात्र दिगो विकास गर्न सकिने धारणा व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा, हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धर, भिमादका शिक्षा शाखा प्रमुख सूर्यकुमार श्रेष्ठ, वडा नं ९ का अध्यक्ष इमान थापा लगायतले शिक्षा क्षेत्रको विकासका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस