ब्राजिलमा बाँध भत्केर मृत्यु हुनेको संख्या ५८ पुग्यो, ३०५ अझै बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ब्राजिलमा बाँध भत्केर मृत्यु हुनेको संख्या ५८ पुग्यो, ३०५ अझै बेपत्ता


प्रशासन संवाददाता

१४ माघ २०७५, सोमबार


ब्राजिल । रियो दि जनेरियो । ब्राजिलमा बाँध भत्केर मृत्यु हुनेको संख्या ५८ पुगेको छ भने ३०५ जना अझै बेपत्ता रहेका छन् ।

बेपत्ता हुनेमा खानी उद्योग सञ्चालन गरिरहेको भेल कम्पनीका मजदुरहरु र स्थानीय बासिन्दा रहेका छन् ।

भेलले बनाएको बाँध भत्किएपछि बेपत्ता भएकाहरुको उद्धार तथा खोजी कार्य पनि जारी रहेको अधिकारीहरुले बताएका छन् ।

जीवितै उद्धार गरिएकामध्ये केहीको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको उनीहरुले जनाएका छन् ।

‘हामी अरु पनि जिवितै भेटिन्छन् कि भनेर खोजी गरिरहेका छौँ,’उद्धार कार्यमा खटिएका एक सुरक्षाकर्मीले बताए ।

बेपत्ता भएकाहरु मध्ये अधिकांश जिवितै भेटिने संभावना कम रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस