नेपालगञ्जमा चट्याङ लागेर ३७ वर्षीय लाल मोहम्मद दर्जीको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपालगञ्जमा चट्याङ लागेर ३७ वर्षीय लाल मोहम्मद दर्जीको मृत्यु


प्रशासन संवाददाता

११ माघ २०७५, शुक्रबार


नेपालगञ्ज । नेपालगञ्जमा आज दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

भारी वर्षासँगै परेको चट्याङ लागेर नेपालगञ्ज उपमहानगरपालिका—२३ जङ्गली सिंहपुरवाका ३७ वर्षीय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल पु¥याए लगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस