२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेलिब्रेटी म्यानेजमेन्टद्धारा माघ १२ गते राष्ट्रिय सभागृहमा हास्य व्यंग्य कार्यक्रम आयोजना

अ+ अ-

काठमाडौं । यूट्यूबमा भिडियो बनाएर हाल्दैमा छोटो समयमै चर्चित सेलिब्रेटी बनिएला भन्ने सोचेकै थिएनन् लेखमणि त्रितालले । तर ११ महिनाको छोटो अवधिमै आफूहरुलाई यूट्यूबले चर्चित बनाएको त्रिताल बताउँछन् ।

परम्परागतभन्दा फरक तरिकाले हास्यव्यंग्य सुरु गरेकाले आफूहरु छोटो समयमा नै दर्शकहरुमाझ परिचित हुन पुगेको ठान्छन् त्रिताल । ११ महिना अघि साथीहरु मिलेर सुरु गरेको यूट्यूब च्यानलले आज आफूहरुलाई हास्य कलाकारको रुपमा उभ्याइदिएको स्वीकार छन् उनी ।

यो च्यानल कसरी जन्म्यो त भन्ने जिज्ञासामा यसका व्यवस्थापक मध्येका एक ज्ञानेन्द्रराज मिश्र ग्रुप च्याटमा हँसी मजाक गर्दा गर्दै नेप–ग्याजम भन्ने यूट्यूब च्यानल जन्मिएको सुनाउँछन् ।

‘ग्रुपमा रहेका साथीहरुमध्ये लेखमणि त्रितालले साह्रै नै हसाउँथे,’ मिश्र सम्झन्छन्, ‘अन्य साथीहरु पनि रमाइला कुराहरु गरिरहेका हुन्थे ।’ ग्रुप च्याटमा हाँसी मजाक गर्दा गर्दै लौ न त यसलाई भिडियो बनाएर यूट्यूबमा हालौँ भन्ने सल्लाह साथीहरुसँग हुन थाल्यो । त्यसपछि पहिले अर्कै कामका लागि खोलिएको ‘नेप–ग्याजम’ भन्ने ‘यूट्यूब अकाउण्ट’लाई नै हामीले हास्यव्यंग्यको प्लेटफर्म बनायौँ ।

‘पहिलो श्रृङ्खला पोस्ट गरेपछि आएका दर्शकको प्रतिकृयाले हामीलाई उत्साह थप्यो’ त्रिताल भन्छन्, ‘युट्युब च्यानल सुरु गरेको ११ महिना नवित्दै यसले हामीलाई चर्चित सेलिब्रेटी जस्तै बनाइदिएको छ ।’

सेलिब्रेटी म्यानेजमेन्ट नेपालद्धारा सञ्चालित नेप–ग्याजम यूट्यूब च्यानलबाट अहिले हरेक साताको बिहीबार साँझ ७ बजे हास्यव्यंग्य श्रृङ्खला प्रसारित हुँदै आएको छ ।

च्यात्तिएको कपडा, बिगारिएको लवज र विभिन्न हाउभाउ देखाउने परम्परागत तरिकाभन्दा पनि कन्टेन्ट वेसमा रहेर सामग्री तयार पारेकाले आफूहरुलाई दर्शकले रुचाएको बताउँछन् मिश्र । ‘हामी कन्टेण्टमा साह्रै मेहनत गर्छौँ,’ उनले भने, ‘हामीले हरेक साता राख्दै आएको श्रृङ्खलामा फरक फरक कन्टेण्ट छ ।’

यूट्यूबमा हास्यव्यंग्य सुरु गरेपछि दर्शकहरुबाटै आएको प्रतिकृयाले आफूहरुले २०७४ को चैतमा बानेश्वरको एक रेष्टुरेण्टमा पहिलो पटक ‘लाइभ स्ट्याण्डअप कमेडी’ कार्यक्रम राखेको मिश्रले बताए ।

त्यो कार्यक्रममा जम्मा ८० जना दर्शकको उपस्थिति रहेको सम्झन्छन् उनी । ‘त्यो बेला हामी भर्खरै जन्मेर बामे सर्दै थियौँ,’ त्यही ८० जना दर्शकको उपस्थिति पनि हाम्रा लागि निकै ठूलो लागेको थियो, त्यसले हामीलाई झनै हौसला बढाइदियो ।’

नेप–ग्याजम यूट्यूब च्यानलमा राखेका हरेक भिडियो अहिले ट्रेण्डिङमा जाने गरेको छ । विगतमा केही श्रृङ्खला अलि दोहोरो अर्थ लाग्ने खालको भयो भनेर प्रतिकृया आएपछि अहिले भने त्यसमा सुधार गर्दै संवेदनशील भएर सभ्य सामाग्रीलाई बढी प्राथमिकता दिएको अर्का व्यवस्थापक सरद श्रेष्ठ बताउँछन् ।

पहिले युवा पुस्तामा मात्रै आफूहरुको ध्यान रहेको भए पनि अब भने बढीभन्दा बढी दर्शकको मन जित्ने गरी काम गरिरहेको उनी बताउँछन् । यूट्यूबमै पनि अहिले थुप्रै स्ट्याण्डअप कमेडी गर्ने च्यानलहरु छन् । तर त्यो भन्दा छुट्टै पहिचान बनाएर आफूहरु अघि बढिरहेको बताउँछन् श्रेष्ठ ।

‘जति धेरै यस्ता सामाग्री दिनेहरु भए त्यति नै धेरै प्रतिष्पर्धा हुने हो,’ श्रेष्ठ भन्छन्, ‘तर हामी सामाजिक मुद्धालाई हास्यरसमार्फत सकारात्म सन्देश दिने गरी काम गरिरहेकाले केही सजिलो भने भएको छ ।’

देशका विभिन्न शहरमा कार्यक्रमका लागि पुग्दा आफूहरु दर्शकहरुमाझ कुनै चर्चित सेलिब्रेटी जस्तै बनेको अनुभव सुनाउँछन् यसका कलाकार उमेश कुमार गौतम । उमेश अहिले यही यूट्यूब च्यानलका कारण युकेजी नामले चर्चित छन् ।

आफूहरुले बनाएको भिडियोले मान्छेको दिनभरिको तनावलाइ कम्तिमा पनि केही कम गर्नका लागि सहयोगीसिद्ध हुने उनी बताउँछन् ।

च्यानलमा विभिन्न पाँच जना कलाकारले छुट्टाछुट्टै तरिकाले आफ्नो प्रतिभा देखाउने गरेका छन् । लेखमणि त्रिताल, उमेश कुमार गौतम (यू.के.जी), डोरेस खतिवडा, सरोज भण्डारी र विवेक उप्रेतीले च्यानल मार्फत आफ्नो प्रस्तुति दर्शकमाझ राख्दै आएका छन् ।

नेप–ग्याजमको व्यवस्थापकको रुपमा रहेको सेलिब्रेटी म्यानेजमेन्ट नेपाल (सिएमएन) मा सरद श्रेष्ठ, ज्ञानेन्द्रराज मिश्र, रुपेश श्रेष्ठ र आशिष शाही छन् ।

‘रमेश अंकलको छोरो’ भन्ने थेगोले लेखमणि त्रिताललाई चिनाएको छ भने ‘तरिका हो’ भन्ने थेगोले डोरेस खतिवडालाई चर्चामा ल्याएको छ । उनीहरुको यो थेगो प्रिन्ट गरेर दर्शकहरुले टिसर्ट नै बनाएर लगाएका पनि छन् । ‘दर्शकको यस्तो मायाले अझ बढी मेहनत गर्ने हौसला थप्दो रहेछ’ , डोरेस भन्छन् ।

आफूहरुले यूट्यूबमा राखेको भिडियो नेपाल पछि अष्ट्रेलियामा सबैभन्दा बढी हेरिने गरेको बताउँछन् व्यवस्थापक मिश्र । भारत, मलेसिया, कतार, दुवई तथा अन्य मुलुकमा रहने नेपाली समुदायले भिडियो मन पराइदिनुभएको उनी बताउँछन् ।

युट्युबमा भिडियो हालेकै भरमा अहिले कलाकारहरुलाई देश विदेशमा कार्यक्रमका लागि अफर आउने गरेको छ । चितवन, पोखरा, बुटवल, धम्पुस तथा विभिन्न ठाउँमा कलाकारहरुले आफ्नो प्रस्तुति देखाइ सकेका छन् ।

अब अष्ट्रेलियाबाट कार्यक्रमका लागि अफर आएको मिश्रले बताए । ‘अबको केही महिनामा नै हाम्रा कलाकारले अष्ट्रेलिया गएर प्रस्तुति दिने छन्,’ मिश्रले भने, ‘यसले हाम्रो काम गर्ने जोस झनै बढाइदिएको छ ।’

कार्यक्रमका लागि बाहिर जाने कलाकारहरुलाई आयोजक संस्थाले पारिश्रमिक दिने गरेको छ । साथै यूट्यूबबाट आउने आम्दानीले पनि कलाकारका लागि केही सहयोग भइरहेको उनले बताए ।

‘स्ट्याण्डअप कमेडी’ लाई प्रवर्द्धन गर्न सेलिब्रेटी म्यानेजमेन्टद्धारा संचालित नेप–ग्याजमले यही माघ १२ गते राष्ट्रिय सभागृहमा हास्य व्यंग्य कार्यक्रम आयोजना गर्न लागेको छ ।

यस अघि चार पटकसम्म काठमाण्डौमा यस्ता कार्यक्रम भइसकेको छ । अहिले हुन लागेको कार्यक्रम भने बृहत हुने मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस