आंशिक बदली र हल्का वर्षाको सम्भावना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आंशिक बदली र हल्का वर्षाको सम्भावना


प्रशासन संवाददाता

१० माघ २०७५, बिहिबार


काठमाडौं । आज मुलुकभरको मौसममा बदली हुनाका साथै पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।

शुक्रबार पनि देशको विभिन्न भागमा बदली हुने र प्राय पश्चिमी क्षेत्रलगायत अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना पनि देखिन्छ ।शनिबार पनि मौसममा बदलीका साथै हल्का वर्षाको सम्भावना रहेको र हिमाली भेगका केही स्थानमा हिमपात हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस