लागुऔषधसहित चार जना प्रक्राउ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

लागुऔषधसहित चार जना प्रक्राउ


प्रशासन संवाददाता

९ माघ २०७५, बुधबार


काठमाडौं । प्रहरीले लागुऔषधसहित चार जनालाइ प्रक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं.-२५ बाङ गेमुढाबाट १ हजार ४५ एम्पुल, एक हजार २२५ ट्याब्लेट र ५०० ग्राम गाजासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका-६ का ३२ वर्षीय अशोक लामा, २१ वर्षीय रमेश थापा मगर , सिन्धुपाल्चोक चाकु मार्तिवाङ-९ का २८ वर्षीय राकेश श्रेष्ठ र २४ वर्षीय बिशाल श्रेष्ठ रहेका छन् ।

उनीहरूका साथबाट नेर्फिन ३४९ एम्पुल, फेनारागन ३४८ एम्पुल, डाइजाल्याप(१ ३४८ एम्पुल, नाइट्राभेट(१० ट्याब्लेट एकहजार ६५, नाईट्रोसन-१० ट्याब्लेट १६० वटा, ५०० ग्राम गाजा र नगद १४ हजार र १२ वटा मोवाइल सेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस