२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी ‘इन्काउन्टर’मा सप्तरीमा एकजनाको मृत्यु

अ+ अ-

सप्तरी । रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ ।

राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

जाँचका क्रममा रोक्न खोजेपछि चौधरीले प्रहरीमाथि गोली फायर गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा मोटरसाइकल पछाडि बसेका चौधरीको मृत्यु भएको विष्टले बताए । प्रहरीलाई देख्नेबित्तिकै चौधरीले फायरिङ गरेका थिए ।

प्रहरीका तर्फबाट फायरिङ हुँदा मोटरसाइकल पछाडि सवार चौधरी ढलेका थिए भने मोटरसाइकल चालक फरार भए थिए । चौधरीको टाउकोमा गोली लागेको छ । उनको साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको विष्टले बताए ।

माघ २ गते राति प्रहरी चौकी विसनपुरमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि हतियारधारी समूह ‘प्रगतिशील तराई मुक्ति मोर्चा समूह’ले गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते यादवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

सो घटनामा चौधरीको संलग्नता हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस