अख्तियारद्धारा न्याय परिषद् सचिवालयका लेखापाल शिवहरि ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अख्तियारद्धारा न्याय परिषद् सचिवालयका लेखापाल शिवहरि ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर


प्रशासन संवाददाता

८ माघ २०७५, मंगलबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परिषद्मा रहँदा तलबी भरपाई फरक पारी बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको ढकालमाथि आयोगले आरोप लगाएको छ ।

सचिवालयमा कार्यरत रहँदा ढकालले कूल रु २४ लाख ४६ हजार २१२ बराबरको सरकारी रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी बदनियत राखेको पाइएको आयोगको ठहर छ ।

हाल खनियावास गाउँपालिकाको कार्यालय, धादिङ दार्खामा कार्यरत ढकालले उक्त रकम निजी प्रयोगमा लगाएको देखिएकाले आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस