२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनीमा सडक स्तरोन्नति थालियो

अ+ अ-

म्याग्दी । ट्र्याक खुलेको एक दशकपछि बेनी नगरपालिका–३ दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको स्तरोन्नति थालिएको छ ।

भकिम्लीका बासिन्दाले चन्दा सङ्कलन गरेर ट्र्याक खोलेको कच्ची र साँघुरो अवस्थाको दूधेखोला–हल्लेगौडा–डाँडाखानी–डोले हुँदै मुसुङ्ग जोड्ने १३ किलोमिटर सडकलाई बेनी नगरपालिकाले स्तरोन्नति गर्न लागेको हो । बेनी नगरपालिकाले विनियोजन गरेको रु ३३ लाख ७७ हजार अनुदान तथा स्थानीयवासीको रु पाँच लाख ९६ हजार बराबरको जनश्रमदानमा सडकको स्तरोन्नति गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष सोचेन्द्र रोकाले बताए।

पहिलो चरणमा डोजर प्रयोग गरी सडक फराकिलो बनाइएको छ । ‘अब ग्यावियन पर्खाल, नाली, सोलिङ र ढलान गर्ने काम गछौँ,’ वडा सदस्य गेमप्रसाद घर्तीले भने, ‘आगामी चैत मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य छ ।’तीन मिटर चौडाइ सडकलाई चार मिटरभन्दा बढी फराकिलो बनाउन थालिएको छ । पहिरो र भुक्षयको जोखिम रहेको १३६ स्थानमा पर्खाल निर्माण गरिने छ ।

सडकको स्तरोन्नति गरिए भकिम्लीका बासिन्दालाई आवतजावत गर्न, सामान ढुवानी गर्न, कृषि उपज निकासीमा सहज हुनुका साथै स्वर्गाश्रम र बेलढुङ्गामा पर्यटक भित्रयाउन सहयोग पुग्ने वडाध्यक्ष पदम पुन बताउछन् ।

गत वर्ष बेनी नगरपालिकाको रु २४ लाख १२ हजार अनुदान तथा स्थानीयवासीको रु चार लाख २८ हजार बराबरको श्रमदानमा हल्लेगौडा भीरमा सडक ढलान, ५४ ठाउँमा पर्खाल निर्माणका साथै सडक विस्तार गरिएको थियो । सडक स्तरोन्नति गरिए बाह्रैमास सवारीसाधन गुडाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस