लेखा समूहका कर्मचारीद्वारा समायोजन फारम नभर्ने लिखित प्रतिबद्धता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लेखा समूहका कर्मचारीद्वारा समायोजन फारम नभर्ने लिखित प्रतिबद्धता


प्रशासन विशेष ब्युरो

१ माघ २०७५, मंगलबार


समायोजन

काठमाडौँ । लेखा समूहका कर्मचारीहरूले कर्मचारी समायोजन फारम नभर्ने लिखित प्रतिबद्धता गरेका छन् ।

लेखा समूह सङ्घको मातहत राखेर खटाउनुपर्ने कारण र आधारसहितको मागसहितको ज्ञापनपत्र सम्बन्धित निकायमा बुझाउँदा समेत बेवास्ता गरेको भन्दै यस्तो प्रतिबद्धता गरेका हुन् ।

‘फारम नभर्ने निर्णय गर्दा म मात्रै बाँकी रहन्छु कि भन्ने त्रासलाई हटाउन ब्याट २९ देखि ३३ का सम्पूर्ण लेखा अधिकृतहरूलगायत लेखा समूहका कर्मचारीहरू फारम नभर्ने निर्णय गरौँ भनेर लिखित प्रतिबद्धता व्यक्त गरिएको हो,’ एक लेखा अधिकृतले प्रशासनलाई भने ।

उनीहरूले समायोजन फाराम किन नभर्ने भन्ने बारे विभिन्न पाँच वटा बुँदाहरूसहित उक्त प्रतिबद्धता समूहका सबै कर्मचारीसम्म पु¥याएका छन् ।

यसअघि उक्त समूहका कर्मचारीहरूले लेखा समूहको पदस्थापन तथा व्यवस्थापन सम्बन्धमा प्रधानमन्त्री, अर्थमन्त्री तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई संघमै राख्न ज्ञापन पत्र बुझाएको थिए ।

सम्बन्धित समाचार : लेखा समूह संघमै राख्न माग

तर कतैबाट उनीहरूको गुनासो सम्बोधन नहुने छाँट काँट पछि पुस १३ गते महालेखा नियन्त्रक कार्यालयमा बसेको बैठकले विभिन्न ४ बुँदे निर्णय गर्दै आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

हेर्नुहोस् पत्र

Tags :
प्रतिक्रिया दिनुहोस