१ लाख घुससहित रंगेहात पक्राउ आमा–छोरी ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१ लाख घुससहित रंगेहात पक्राउ आमा–छोरी !


प्रशासन संवाददाता

१ माघ २०७५, मंगलबार


घुससहित रंगेहात पक्राउ

काठमाडौँ । कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्टार र उनकी छोरी एक लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले गीताकुमारी पन्थी र उनकी छोरी पोषणलाई १ लाख घुस रकमसहित सोमबार नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार सहायक रजिष्टार पन्थीले घुसमा लिएको रकम छोरी पोषण पन्थीलाई राख्न दिएको पाइएको छ । काठमाडौँमा दर्ता रहेको एक विद्यालयको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरेको आयोगको दाबी छ ।

घुस रकम मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले सहायक रजिष्टार पन्थी र उनका छोरी पोषणलाई सोमबार पक्राउ गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस