राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अध्यक्ष दाहालको अपेक्षा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अध्यक्ष दाहालको अपेक्षा


प्रशासन संवाददाता

१ माघ २०७५, मंगलबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरेका छन् ।

माघेसङ्क्रान्ति पर्वको अवसरमा अध्यक्ष दाहालले आज शुभकामना सन्देश दिदै यस पर्वले सबै नेपालीलाई मुलुकको समृद्धि, विकास र निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । उनले थारु, मगरलगायत आम नेपालीले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस