कर्मचारीको सुरक्षा प्रत्याभूति गराउन माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीको सुरक्षा प्रत्याभूति गराउन माग


प्रशासन विशेष ब्युरो

३० पुस २०७५, सोमबार


कर्मचारीको सुरक्षा

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको छ ।

हिजो आइतबार प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सोही प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमा कुटपिट गरेको तथा विभिन्न समयमा स्थानीय निकायमा कार्यरत कर्मचारीहरूमाथि हातपात गरी निमुखा कर्मचारीहरू माथि भएका हिंसाप्रति आपत्ति जनाउँदै युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलको संयोजकत्वको टोलीले गृह मन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाएको छ ।

जनप्रतिनिधि जस्तो गरिमामय पदमा रहेकै व्यक्तिबाट जिम्मेवार राष्ट्रसेवक कर्मचारीलाई हातपात नै गरेको घटना निन्दनीय भएको ठहर गर्दै युनियनले कर्मचारीमाथि हुने दुर्व्यवहारले राष्ट्रले अघि सारेका कार्यक्रम पुरा हुन नसकी असफल राष्ट्रको रूपमा परिणत हुने उल्लेख गरेको छ ।

कर्मचारीहरूमाथिको दुर्व्यवहार दोहोरिन नदिन र मनोबल उठाई उत्प्रेरित गर्न सरकार तथा सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै ट्रेड युनियनको तर्फबाट गरिएको अनुरोधलाई बेवास्ता गरे बाध्य भई विरोधका कार्यक्रम तय गर्ने जनाएको छ ।

र यो पनि,

मन्त्रीले सचिव कुटेको विषयमा ३ सदस्यीय छानबिन समिति गठन

सचिव कुट्ने मन्त्रीलाई कारबाही गर्न वन मन्त्रालयका कर्मचारीको माग(विज्ञप्तिसहित)

मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना

‘प्रशासकीय अवरुद्धता हुने सक्ने’ आधिकारिक ट्रेड युनियनको चेतावनी

प्रतिक्रिया दिनुहोस