वीरगन्जमा सिलिण्डर विस्फोट हुँदा दम्पती घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वीरगन्जमा सिलिण्डर विस्फोट हुँदा दम्पती घाइते


प्रशासन संवाददाता

३० पुस २०७५, सोमबार


पर्सा । ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी आज वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन् ।

वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा भएको दुर्घटनामा परि जगरनाथ महतो धानुक र उनकी श्रीमति सुनिता गम्भिर घाइते भएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए । घाइते दुवै जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएपनि स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको उनले जानकारी दिए । सो विस्फोटमा कोठामा रहेका समान समेत जलेर नष्ठ भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस