२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेरामा थन्किए ‘गजल’

अ+ अ-

भीमदत्तनगर । विसं २०६९ मा अध्ययनको सिलसिलामा कञ्चनपुरको भीमदत्तनगर आइपुगेका २५ वर्षीय सिद्धनारायण आचार्य अनेकन पीडाका बीच साहित्यिक क्षेत्रका एक प्रतिभावान र सफल गजलकारका रुपमा परिचित छन् ।

कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खड घर भएका आचार्य हाल भीमदत्त नगरपालिका–१८ गोबरियामा डेरामा बसेर यहाँको सुदूर पश्चिम विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत छन् । पढाइमा अब्बल कहलिएका आचार्यको साहित्यिक यात्रा पनि अध्ययनसँगै निरन्तर रहेको छ ।

उ त्यो पूजारी कसको ध्यानमा बसे होला
आफ्नै अगाडि ‘भा’को पत्थर बिर्सिएर

यसपालि पनि पूरै गाउँ बगाउँछ
नदी बग्दैछ आफ्नो बगर बिर्सिएर

कानूनले आँखामा कालोपट्टी बाँधेछ
सायद कुनै ठाउँमा नजर बिर्सिएर

मेरी बुढी आमा यसो भन्छिन सधैँ
मेरो बाबु घर आ’ शहर बिर्सिएर

सानैदेखि साहित्यमा रुची राख्ने आचार्यले यहाँ हुने विभिन्न गजल प्रतियोगितामा बिना उपाधि फर्किनु परेको छैन । ‘बुबाको चाहना मलाई डाक्टर बनाउने थियो’ उनले भने, “तर गजल बिधा मेरो प्रेमिका जस्तै भयो ।’

विसं २०७० देखि गजल लेखनमा सक्रिय उनका दुई हजार ५०० गजल डेरामा थन्किएका छन् । ‘‘दिनमा प्रायः एउटा त गजल लेखेकै हुन्छु’ उनले भने, ‘दश वटा डायरीमा थन्किएका गजल बजारमा ल्याउन प्रकाशन गृहको खोजीमा छु ।’ दुई वर्षअघि यहाँस्थित विपीन पुस्तक भण्डारले उनको ‘काका’ नामक गजल सङ्ग्रह बजारमा ल्याइदिएको थियो । ७७ वटा गजल रहेको गजल सङ्ग्रह बजारमा निकै चर्चित बनेको थियो ।

हाल महाकाली गजल प्रतिष्ठानका सहसचिव समेत रहेका गजलकार आचार्य गजलमै स्नातकोपाधि गर्ने सोचमा रहेको बताउछन् । देशभक्ति, प्रेमभाव, गरीबी, साहित्य, पीडालाई गजलमाझ प्रस्तुत गर्दै आएका उनले भने–’प्रकाशकको अभाव भइदिँदा डेरामा थन्किएका गजलहरुमा धमिरा लाग्कन कि भन्ने पीर छ ।’

सुदूर पश्चिम प्रदेशको गजल विधालाई चलायमान बनाउन सक्रिय रहँदै आएका उनले युवा पुस्ताको आकर्षण रहेको बताए । ‘युवाको गजलमा ‘क्रेज’ त निकै छ’, उनले भने–’तर पेट र गजलको द्वन्द्वले युवाहरु चाँडै विस्थापित भइहाल्छन् ।’

प्रतिक्रिया दिनुहोस