मेरो देश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मेरो देश


३० पुस २०७५, सोमबार


मेरो देश, थप्पडले चल्छ
चल्दैन, थाङ्नेले !
मेरो देश, वरियताको नम्वरले चल्छ
चल्दैन, सुविचारले !
मेरो देश, वरिष्ठले चल्छ
चल्दैन, कनिष्ठले !
मेरो देश काण्डै–काण्डले चल्छ
चल्दैन, कर्मठले !
मेरो देश, जेल नेलले चल्छ
चल्दैन, सेवकले !
मेरो देश, भ्रष्टले चल्छ
चल्दैन, इमान्दारीताले !
मेरो देश, पैसाले चल्छ
चल्दैन, चम्किला ताराले !
मेरो देश, विवेक हिनले चल्छ
चल्दैन, क्षमता र दक्षताले !
मेरो देश, विटोले चल्छ
चल्दैन, स्वयमसेवीले !
मेरो देश, सत्तो सरापले चल्छ
चल्दैन, दिमागी कलमले !
मेरो देश, प्रतिशोधले चल्छ
चल्दैन, सहयोगी मनले !

Tags :
प्रतिक्रिया दिनुहोस