२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रवर्द्धनका लागि लगानी बढाउन विज्ञको सुझाव

अ+ अ-

रुपन्देही । नेपालमा बौद्ध पर्यटनले ठूलो सम्भावना बोकेका कारण पर्यटन क्षेत्रमा लगानी बढाउन विज्ञले सुझाव दिएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले शनिबार लुम्बिनीमा आयोजना गरेको एक दिवसीय गोष्ठीमा बोल्दै उनीहरुले नेपालको पर्यटनको आधार नै बौद्धदर्शन भएकाले यसलाइ प्रवर्द्धन गर्न जरुरी रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले नेपालको पर्यटन प्रवर्द्धनका लागि बौद्ध पर्यटनमा लगानी बढाउनुपर्ने बताए। उनले भने, “छिमेकी देश भारतले ४० अर्बको परियोजना बौद्ध पर्यटनमा लगायो, अहिले त्यसैबाट आर्थिक प्रगति भएको छ ।” सरकारले उचित नीति बनाएर पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।

विश्वविद्यालयका डिन माणिकरत्न शाक्यले बौद्ध दर्शनको विस्तारका लागि सरकारले ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा राखे । विश्वविद्यालयका प्रमुख फणीन्द्र न्यौपानेले बौद्ध दर्शनको विस्तारका लागि विश्वविद्यालयलाई सबैको साथ र सहयोग आवश्यक भएको उल्लेख गरे ।

पर्यटन व्यवसायी हेम विष्टले नेपालमा पर्यटकको गन्तव्य लुम्बिनी भए पनि पर्यटकलाई टिकाउन नसक्दा पर्यटन प्रवर्द्धन हुन नसकेको बताए । कार्यक्रममा प्राज्ञ डा. ध्रुव पोखरेल, राजीव दाहाल र रमेशराज कुँवरले ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषयको पाठ्यक्रमबारे आआफ्ना प्रस्तुति गरेका थिए ।

पछिल्लो समयमा विश्वविद्यालयले बौद्धदर्शनअन्तर्गत ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषय अध्यापन शुरु गरेकाले एक दिवसीय सेमिनारको आयोजना गरी सो विषयको पाठ्यक्रम तयार गर्नका लागि विज्ञको सुझाव लिइएको विश्वविद्यालयका प्रध्यापक इन्द्र काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस