२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाताको सहयोगमा विद्यालय भवन निर्माण

अ+ अ-

गलकोट । बागलुङ जिल्लाको सदरमुकाममा रहेको कालिका कन्या मन्दिर माध्यामिक सामुदायिक विद्यालयमको पाँच शिक्षाप्रेमीको सहयोगमा पाँचकोठे पक्की भवन निर्माण भएको छ ।

सो भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमसेनकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, विमला भारी, समीरकुमारी श्रेष्ठ, श्रवणलाल शाक्यले प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले रु ३२ लाख ५० हजार उपलब्ध गराउनुभएको विद्यालयका प्रधानध्यापक धनराज सापकोटाले राससलाई बताए ।

भवन निर्माण गर्नका लागि आवश्यक पर्ने जग्गा कृष्णकुमार श्रेष्ठले यसअगावै हस्तान्तरण गरेका थिए। नवनिर्मित भवनमा रु एक लाख बराबरको युरोगार्ड र ह्वाइट बोर्ड तथा पानी ट्याङ्कीलगायत सामग्री समाजसेवी मन्दिरा श्रेष्ठले, रु ४५ हजार बराबरको ह्वाइट बोर्ड ईश्वर श्रेष्ठले, सिद्धार्थ वनस्थली आवासीय मावि काठमाडौँका प्रिन्सिपल रुपक राजवंशीले ७० थान डेस्कबेन्च र कल्पना श्रेष्ठले रु ३० हजार मूल्य बराबरको युरोगार्ड प्रदान गरेको उनले जानकारी दिए ।

“विद्यालयका पूर्वप्रधानाध्यापक तथा वर्तमान सल्लाहकार संरक्षक रत्ना श्रेष्ठको पहलमा सो सहयोग जुटेको हो”, प्रधानाध्यापक सापकोटाले भने, “शिक्षापे्रमीको सहयोगले नै सुविधासम्पन्न भवनमा विद्यार्थीले अध्ययन गर्न पाउने भएका छन् ।”

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि आफूले पहल गरेको दाता वरिष्ठ अधिवक्ता श्रेष्ठले बताए। कक्षा १ देखि १२ सम्म पढाइ हुने उक्त विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज भएकामा अहिले सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले उल्लेख गरे । रासस

प्रतिक्रिया दिनुहोस