आचारण विपरीत काम गर्नेलाई न्यायालयमा राख्न सकिन्न : प्रधानन्यायाधीश जबरा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आचारण विपरीत काम गर्नेलाई न्यायालयमा राख्न सकिन्न : प्रधानन्यायाधीश जबरा


प्रशासन संवाददाता

२७ पुस २०७५, शुक्रबार


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको विवेक र आचारण विपरीत काम गर्नेलाई न्यायालयमै राख्न नसकिने बताएका छन् ।

सर्वोच्च बार एशोसिएशनले नवनियुक्त प्रधानन्यायाधीश राणालाई बधाई तथा शुभकामना दिन आज आयाजना गरेको कार्यक्रममा उनले संसदीय सुनुवाइका क्रममा आफूले न्यायालयको छविलाई माथि उठाउने ढङ्गले कुरा गरेको स्मरण गरे ।

प्रधानन्यायाधीश राणाले भने, ‘न्यायको दीप सर्वोच्च अदालतबाटै प्रमाणित गरेर देखाउनु छ, संविधानले दिएको जिम्मेवारी, दायित्व र कर्तव्यबाट म कुनै पनि हालतमा विचलित हुन्न ।’ बार एशोसिएशनले न्यायाधीश दीपकराज जोशीलाई न्यायपरिषद् सदस्यबाट हटाएकोलगायतका विषयलाई लिएर आफूले सर्वोच्चका सम्पूर्ण न्यायाधीशसँग छलफल गरी उपयुक्त निर्णय लिने स्पष्ट पारे।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ४ वर्षको कार्यकालमा जनताको मन जित्ने गरी काम गर्न आग्रह गर्दै सरकारकातर्फबाट कुनै हस्तक्षेप गर्ने मनसाय नराखी सहयोग गर्ने बताए । महान्यायाधिवक्ता अग्नि खरेलले न्यायालयका लागि सरकारी वकिल र नेपाल बार काउन्सिलका तर्फबाट सदा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले न्यायालयको सही कार्यमा सदा साथ दिने उल्लेख गर्दै वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई जिम्मेवारी नदिएकोप्रति ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस