२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आउनुहोस् सडक पेटीमा पार्किङको मज्जा लिनुहोस् !

अ+ अ-

काठमाडौँ । मानिसहरूका आ-आफ्नै इच्छा, चाहना र रहरहरू हुन्छन् जसलाई उनीहरूले जसरी पनि पुरा गरिरहेका हुन्छन् ।

सिंहदरवारका शासकहरूको एउटा अनौठो रहेछ त्यो हो सडक पेटीमा पार्किङ गर्ने । आखिर शासक न परे, उनीहरूलाई रोक्ने हिम्मत कसको ?

केही महिनाअघि प्रशासन डटकमले मुलुकको प्रमुख प्रशासनिक निकायमा देखिएको भद्रगोल पार्किङबारे महिनौँसम्म समाचार प्रकाशित गर्‍यो । यसको नेतृत्व पनि यही मन्त्रालयले गरेको थियो । त्यसको केही महिना सडकमा गाडी पार्किङ गरेको देखिएन तर पुनः यति बेला उही प्रवृत्ति दोहोरिएको छ, जुन ६ महिना अघि थियो ।

सम्बन्धित समाचार : शासकहरुको पार्किङ शैली (फोटो फिचर)

यता सिंहदरवार परिसर अनुगमन समितिले भुईँको धुलो बढार्नेदेखि भित्ताको कसिङ्गर पखाल्नेसम्मका काम गर्दैछ भने उता उच्चतहका कर्मचारीहरुलै ट्राफिक नियमलाई ठाडै चुनौती दिँदै पैदलयात्रुका लागि बनाइएको सडक पेटीमा सवारी पार्किङ गरिरहेका छन् ।

त्यो पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जो आफै सडक तथा सवारीसँग सम्बन्ध राख्दछ ।

यो सवारी दुई दिनदेखि यसै गरी सडक पेटीमा पार्किङ गरी राखिएको छ । पहेँलो नम्बर प्लेट रहेको बा १ ञ १३६२ नम्बरको यस गाडीमा सवार व्यक्ति नेपाल सरकारका सिडिई(उपसचिवस्तर) गोविन्द खरेल हुन् भने सवारी चालक राजेन्द्र श्रेष्ठ रहेका छन् ।

यो गाडीसँगै एउटा सूचना पनि छ । त्यसमा लेखिएको छ सिंहदरवार परिसर भित्र तोकिएको स्थान बाहेक सडक तथा फुटपाथमा जथाभाबी पार्किङ नगरौँ । अनि अर्को बुँदा छ सिंहदरवार भित्र आउनुहुने महानुभावहरूले फुटपाथ तथा जेब्रा क्रसिङको प्रयोग गरौँ ।

अब आफै भन्नुहोस् नरोक्नु होस् भनिएको ठाउँ फुटपाथमा गाडी पार्किङ गरिएपछि पैदल यात्रुले कहाँबाट हिँड्ने र यो नियम पालना हुन्छ ?

त्यसै गरी सडक पेटीलाई नै मात दिँदै बगैँचाकै छेउमा टसायर राखिएको बा २ झ १२१४ नम्बरको गाडी मन्त्रालयका सहसचिव शिव नेपालले चढ्दै आएका छन् ।

जो अगुवा उही के के भनेजस्तै जसले सवारी सम्बन्धी काम गर्छ त्यही निकायका उच्च पदस्थ कर्मचारीहरूकै यस्तो शैलीले देश कहिले उँभो लाग्ला ? आफू कानुन तोड्दै हिँड्ने अनि अरूलाई कानुन सिकाउँदा कसरी मान्लान् अनि

अनि हाम्रो देशको ट्राफिकको त के कुरा गर्नु र ! प्रशासनको निरन्तर खबरदारीपछि केही अधिकारी सिँहदरवार खटाएको छ, उनीहरू सो पिस जस्तै छन् । न अधिकार दिएको छ न त गल्ती गर्नेलाई कारबाही नै गर्न सक्छ ।
ठूलाहरुको आदेश नभएपछि बिचरा जवानलाई सवारी चालकले नै जागिर खाई दिने धम्कीदेखि सभाषदले पेस बोलाउँदा सम्म पनि चुइकक बोलेन यसको नेतृत्व !

जहाँबाट सिङ्गो मुलुक चल्छ । र, ती मुलुक चलाउने अधिकारीहरू भनेका यिनै कर्मचारीहरू नै हुन् तर गतिविधि यस्ता छन् । कुरा देशै आफूले हाँकेको गर्छन् तर सवारी कहाँ पार्किङ गर्ने कहाँ नगर्ने भन्ने सम्म थाहा छैन । अनि पार्किङको अभाव या त चालकको गल्ती भन्दै लाजै नमानी पन्छिन्छन् ।

हेक्का रहोस्, यदि ठिक ठिक ठाउँमा पार्किङ गर्ने र आँगनै अगाडी दिनभरि प्रदर्शनीमा नराखी थोरै मात्र पर राख्ने हो भने सिँहदरवारभित्र हजारौँ सवारी पार्किङ गर्न सकिन्छ ।

सिँहदरवारभित्रका जति पनि समस्याहरू छन् यी ८० प्रतिशत भन्दा बढी मानसिक दरिद्रताको उपज मात्रै हुन् ।

प्रतिक्रिया दिनुहोस