हेल्थ असिस्टेन्ट संघले लोकसेवाको कदर गर्न आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हेल्थ असिस्टेन्ट संघले लोकसेवाको कदर गर्न आग्रह


प्रशासन संवाददाता

२६ पुस २०७५, बिहिबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौं । हेल्थ असिस्टेन्ट संघ (हान)ले शैक्षिक योग्यता र लोकसेवा प्रक्रियाको कदर गर्न सरकारलाई आग्रह गरेको छ ।

संघले आज गरेको दबाबमूलक कार्यक्रममा हानले नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाका आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

स्वास्थ्यमा गुणस्तरीयता कायम गर्नुपर्ने, शैक्षिक योग्यताको कदर गनिुपर्ने, स्वास्थ्य क्षेत्रमा विधिको शासन कायम गर्नुपर्ने, कर्मचारी सरुवा बढुवा हुँदा आर्थिक चलखेल विषयको अन्त्य गरिनुपर्ने जस्ता माग गरेको हानले जनाएको छ ।

हानका उपाध्यक्ष प्रकाश परियारले भने, ‘नयाँ सङ्गठन संरचना विभेदकारी भएको भन्दै हामीले पटकपटक सुझावसहितको ज्ञापनपत्र बुझाउँदा सुनुवाइ नभएछि यस्ता कार्यक्रम गर्नुपरेको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस