अवैध घरेलु मदिरा नष्ट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अवैध घरेलु मदिरा नष्ट


२६ पुस २०७५, बिहिबार


काठमाण्डौ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ तारकेश्वर नगरपालिका-४ दगुर्नेपानीमा घर तथा टहरा भाडामा लिई जिल्ला रसुवा स्याप्रुवेशी घर भएकी लाक्पा शेर्पाले अबैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरण हुँदै आएको भन्ने सूचनाको आधारमा यही पुस २५ गते दिउँसो १५:३० बजे चेकजाँच गर्ने क्रममा ११ सय ३० लिटर तयारी मदिरा र ६ हजार लिटर घरेलु मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ गरी जम्मा ७ हजार १ सय ३० लिटर अबैध घरेलु मदिरा बरामद गरी तारकेश्वर नगरपालिका-४ का वडा अध्यक्ष र स्थानिय बासिन्दाहरू तथा मिडियाकर्मीहरूको रोहबरमा नष्ट गरिएको छ । आबश्यक अनुसन्धान भई रहेको छ ।

साथै महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका ७ बजे विभिन्न स्थानमा रहेका भट्टी पसलहरू चेकजाँज गर्ने क्रममा ७ सय अवैध घरेलु मदिरा नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस