रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते


प्रशासन संवाददाता

२५ पुस २०७५, बुधबार


बस दुर्घटना

जोहानेस्बर्ग । दक्षिण अफ्रिकामा मङ्गलबार बिहान भएको एक रेल दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६२० जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
दक्षिण अफ्रिकाको ग्रामीण इलाकामा रेल सेवा दिइरहेका २ ओटा रेल एक आपसमा ठोक्किँदा यो दुर्घटना भएको बताइएको छ ।

दुबै रेल राज्यद्धारा सञ्चालित रहेको बताइएको छ ।  दुबै रेल एउटै लाइनमा यात्रा गरिरहेका थिए । प्रेटोरियाबाट मबोपानेतर्फ गहिरेको पहाडी इलाकामा पर्ने रेलवे स्टेशन प्रेटोरियामा सो दुर्घटना भएको थियो ।
यी दुबै रेलमा करिब ८०० व्यक्ति यात्रा गरिहेका र तीमध्ये दुर्घटनामा परी तीनको मृत्यु हुनुका साथै अन्य ६२० घाइते भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस