रामबहादुर बम्जनलाई पक्राउ नगरेकोमा आपत्ति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रामबहादुर बम्जनलाई पक्राउ नगरेकोमा आपत्ति


२५ पुस २०७५, बुधबार


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति जनाएकी छन् ।

महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेको भनी पीडित पक्ष स्वयम् आउँदासमेत बम्जनाई पक्राउ नगरिएकोमा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले घटना र्सावजनिक भएको लामो समय भइसक्दा पनि अनुसन्धान गरी प्रक्राउ नहुनुमा आपत्ति जनाएकी छन् ।

बैठकमा बोल्दै सांसद उदया शर्मा पौडेलले सार्वजनिक सवारी साधनमा चढ्ने याात्रुलाई परेको मर्का प्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । यस्तै सांसद चक्रप्रसाद स्नेहीे डडेल्धुरामा सानाठूला गरी १६ पसलमा आगजनी भएको र अहिलेसम्म सकारले राहत तथा क्षतिपूर्ति नदिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आगलागीका कारण डेढ करोडभन्दा बढी धामालको क्षति भएको हुँदा सरकारे तत्काल क्षतिपूर्ति दिन आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस