२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेसबुकबाट सन्देश पठाई ठगी गर्ने पक्राउ

अ+ अ-

यस्तै चिट्ठा पर्‍यो भन्दै भाइवर, फेसबुकमा सन्देश पठाउँदै आइएमइमार्फत लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी परिसरले जनाएको छ । पक्राउ पर्नेमा खोटाङका इन्द्रबहादुर पुरी, टीकाराम भुजेल र लेखबहादुर खड्का छन् । उनीहरुको साथबाट प्रहरीले रु ५० हजार बरामद गरेको छ । उनीहरुले आइएमइबाट रु छ लाख निकालेको अनुसन्धानमा खुल्न आएको जनाइएको छ ।

काठमाडौँको गोङ्गबुबाट रु २३ हजार डलरजस्तो देखिने कागजको बिटासहित सिन्धुलीका कुमसिंह घिसिङ र सोही ठाउँका प्रेमबहादुर तामाङलाई सोमबार पक्राउ गरी अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुले रु २ लाखभन्दा बढी ठगेको खुल्न आएको र काठमाडौँका विभिन्न स्थानमा डलर साटिदिन्छु भनी एकान्तमा लगि लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।

यस्तै तीन वटा नागरिकता बनाई सामान गठी गर्ने धनगढीका वासुदेव मैनाली पक्राउ परेका छन् । उनले रामचन्द्र शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीको नाममा नागरिकता बनाई नाम परिवर्तन गरी रु ४० लाखभन्दा बढी ठगी गरेको खुल्न आएको छ । उनीहरुले ठूला व्यापारी भनी विभिन्न स्थानबाट टिभी, फ्रिज, जेनेरेटर विदेशी मदिरा लिई चेक दिई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । यता वैदेशिक रोजगार विभागमा विचौलिया गर्दै आएका सात जनालाई समेत आज प्रहरीले पक्राउ गरेको छ । उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस