सानिमा बैंकको ए.टि.एम मेसिन फुटाउन खोज्ने दुई पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सानिमा बैंकको ए.टि.एम मेसिन फुटाउन खोज्ने दुई पक्राउ


२४ पुस २०७५, मंगलबार


घुससहित रंगेहात पक्राउ

काठमााडौं । सुर्यविनायक नगरपालिका–५ मा रहेको सानिमा बैंकको ए.टि.एम मेसिन फुटाउन खोज्ने दुई जना पक्राउ पेका छन् । महानगरीय प्रहरी वृत्त जगतीले फुटेजको आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बनेपा बस्ने काभ्रेका रमेश पाण्डे र भक्तपुर सुर्यविनायक बस्ने दीनेश सुकु भट्ट छन् । उनीहरुलाई सोमबार दिउँसो सुर्यविनायकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । भट्ट र पाण्डेले यही पुस १८ गते बुधबार बेुका ८ः४५ बजे सुर्यविनायकमा रहेको सानिमा बैंकको ए.टी. एम मेसिन फुटाउन खोजेको प्रहरीले जनाएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस