१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ विमानस्थलमा रात्रिकालीन उडान

अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म गरिदैँ आएको जानकारी दिए। उनका अनुसार क्षेत्रीय हबका रुपमा रहेका विमानस्थल विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान भइरहेको छ । निकट भविष्यमै झापाको चन्द्रगढी र जनकपुरमा रात्रि उडान थालिने उनले बताए ।

“विमानस्थलबाट पहिला आन्तरिक उडानमा राति जहाज उड्दैन थिए, ६ बजे नै बन्द भइसक्थे, अहिले जाडो यामदेखि राति दैनिक ९ बजेसम्म उडान भइरहेको छ,” क्षेत्रीले भने । रात्रि उडानका लागि अन्तर्राष्ट्रिय विमानस्थलसहित क्षेत्रीय हब विमानस्थलमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ । रात्रि उडान सञ्चालन गर्नका लागि ‘रनवे लाइट’, टर्मिनल भवनको व्यवस्थापन तथा सुरक्षा व्यवस्थालगायतका काम गरिएको छ ।

यसअघि आन्तरिकतर्फ बिहान ७ देखि साँझ ६ बजेसम्मको उडान तालीका थियो । अन्तर्राष्ट्रियतर्फ मात्र रात्रि उडान हुँदै आएको थियो । विमानस्थलका अनुसार रात्रि उडानका लागि गत भदौको दोस्रो साता नै विभिन्न एयरलाइन्सको २५ उडान तालीका स्वीकृत भएको थियोे । बुद्ध एयरलाइन्सको १४, श्रीएयरलाइन्सको चार र यति एयरलाइन्सको सात उडान थिए ।

सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । आन्तरिक टर्मिनल व्यवस्थापनपछि गत भदौ १६ गतेदेखि आन्तरिक टर्मिनल बिहान ५ बजे खुला गरेसँगै अहिले दैनिक २२ घण्टा विमानस्थल सञ्चालन भइरहेको छ । यसले विमानस्थलको चाप कम गर्न र हवाई आगमनलाई सहज तुल्याएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस