२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अठ्ठाइस हजार विद्यार्थीको आँखा जाँच

अ+ अ-

भद्रपुर । मेची आँखा अस्पताल बिर्तामोडले चार महीनामा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गरेको छ ।

अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालले साझेदारी गर्दै सो कार्य गरेको हो । सन् २०२१ सम्ममा झापाका दुई लाख २० हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गर्दै दृष्टिदोष हुन नदिन र भए निःशुल्क उपचार गर्ने उद्देश्यले ‘नेपाल रिच प्रोजेक्ट’ द्वारा सञ्चालित कार्यक्रमअनुसार चार महीनामा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गरेको अस्पतालले जनाएको छ ।

विद्यालयमा अध्ययनरत छदेखि १८ वर्षसम्मका बालबालिकाको निःशुल्क आँखा जाँच गर्दै दृष्टिदोष न्यूनीकरण र निराकरणका लागि मेची आँखा अस्पलात बिर्तामोडले ‘नेपाल रिच प्रोजेक्ट’ सञ्चालन गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर डा पुरुषोत्तम जोशीले बताए ।

कार्यक्रममा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गर्दा ७९३ विद्यार्थीलाई चस्मा सिफारिश गरिएको र जसमध्ये ४६१ जना विद्यार्थीलाई चस्मा वितरण गरिसकिएको अस्पतालका डा जोशीले बताए ।

एकीकृत घुम्ती शिविरबाट एक हजारलाई सेवा

झापाको कन्काई नगरपालिकाको आयोजनामा आइतबार भएको एकीकृत घुम्ती सेवा शिविरबाट एक हजार बढीले विभिन्न खालका सेवा लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट १९० ले नागरिकता, जिल्ला निर्वाचन कार्यालयबाट छुटेका र नयाँ मतदाता परिचयपत्र २५० ले बनाएका छन् ।

नगरका ३, ४, ५ र ६ नम्बर वडालाई लक्षित गरी प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा वडा नम्बर ५ स्थित देवकोटा आधारभूत विद्यालय परिसरमा एक दिने शिविरमा करीब ३०० सहभागी थिए ।

शिविरमा मेची अञ्चल अस्पतालबाट १७२ ले स्वास्थ्य सेवा, जिल्ला आयुर्वेद अस्पतालबाट १५० ले स्वास्थ्य परीक्षण, मेची आँखा अस्पतालबाट ४१२ ले आँखा उपचार सेवा लिएका थिए । शिविरमा कृषि ज्ञान केन्द्रबाट १०२ ले माटो परीक्षण गराएका, जिल्ला वन कार्यालयबाट ३५० ले अमला, बेललगायत औषधिजन्य वनस्पतिको बिरुवा लिएका, जिल्ला भेटेनरीबाट २५५ ले पशुरोगसम्बन्धी उपचार गराएका थिए ।

सो अवसरमा चारआलीस्थित नेपाली सेनाको सर्पदंश केन्द्रले चेतनामूलक कार्यक्रम, सशस्त्र प्रहरी गण झापाले आगलागी र शीतलहरसम्बन्धी चेतनामूलक कार्यक्रम, जिल्ला प्रहरी कार्यालयले लागुऔषध, साइबर अपराध र ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम गरी पर्चा वितरण गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस