लैङ्गिक हिंसा नियन्त्रण गर्न समिति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लैङ्गिक हिंसा नियन्त्रण गर्न समिति


प्रशासन संवाददाता

२२ पुस २०७५, आइतबार


काठमाडौं । समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाको संयोजकत्वमा ३५ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरेको छ ।

समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गरी लैङ्गिक हिंसा नियन्त्रण गर्न र अपराध अनुसन्धानमा सरोकार भएका निकायसँग आज छलफल गरी सो समिति गठन गरिएको हो ।

समुदायमा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सरोकार पक्षसँग समन्वय र सहकार्य अभिवृद्धि गर्ने र समाजमा शान्ति कायम गर्ने उद्देश्यले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका सेवा निर्देशनालयबाट स्वीकृत भई आएको निर्देशिकाबमोजिम समिति गठन गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक लामाले समाजमा लैङ्गिक हिंसा बढ्दै गएकाले घटना भएपछि अनुसन्धान गर्नुभन्दा घटना हुन नदिने सावधान अपनाउन गरी समुदायमा प्रहरी कार्यक्रम शुरु गरेको बताए । समुदायसँग प्रहरी कार्यक्रमअन्तर्गत सडकमा बेवारिसे रुपमा बसेका २१ मानिसलाई उद्धार गरी विभिन्न आश्रममा राख्ने गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस