सामर्थ्यको खोजी « प्रशासन
prasaLogo
२१ पुष २०७५, शनिबार

सामर्थ्यको खोजी


प्रकाशित मिति : 5 January, 2019 12:04 pm

आज
सिमलको भुवाजस्तै
सपनाको रकेटमा उड्दाउड्दै
मेरा रकेटका पखेटाहरु भाँचिएका छन्,
म निर्वाध बहने यो आँकाशमा
अग्ला पर्खालहरु लगाइएका छन्,
म चढ्दै गरेको सिडीबाट
अचानक
खुड्किलाहरु भत्काइएका छन्,
मलाई थाहाँ छ त्यो वस्तीमा मेरो अभाव छ
म समयमै पुग्नु छ त्यहाँ
संजिवनी बनेर
र बचाँउनु छ सयौँ जीवनहरु
बनाउँनु छ भरोसाको धरहरा
जलाउँनु छ विश्वासको दीप
दिलाउनु छ म हुनुको आभाष ।।

म प्राणवायु बनेर जानलाई
मेरो अस्तित्व जिवीत् रहनु पर्छ,
म घाम बनेर झुल्कदा
चिसो हैन
न्यानो पोखिनु पर्छ,
म जून बनेर उदाउँदा
औँशी हैन
पूर्णिमा छरिनुपर्छ,
मलाई जिम्मेवारीको यो पहाड थमाएर पठाउने
तिमी नै,
म भित्रको एउटा मात्र अमृतको घडामा
विष भर्दैछौ भने
मेरो अनुपस्थितिमा घायल बनेका
मनहरुलाई
म कसरी जीवनदान दिनसक्छु ?

म जाँदा
सुवर्ण खोज्नेहरुको लागि
हिरा लिएर जान चाहान्छु,
सुवास खोज्नेहरुको लागि
कस्तुरी लिएर जान चाहान्छु,
प्रकृतिमै हराउनेहरुका लागि
हराभरा सुन्दरता लिएर जान चाहान्छु,
विन्ति यो मथिङ्गलमा अलकत्रा नभरिदेउ,
म जीवन जिउँनेहरुका लागि
स्वच्छ अक्सिजन लिएर जान चाहान्छु,,
अभावका पोकाहरुलाई अलि पर फाल्न
मस्तिष्क भरी
योजनाका भारी लिएर जान चाहान्छु,
सिर्जनाको फूल फुलाउँन
निरोगी विरुवा र उर्वर माटो लिएर जान चाहान्छु

अफसोच,
मसँग भएको उर्वरताको बीजमा
तिमीले आँगो लगाउदैछौ
उर्जाका कर्णहरुलाई
खरानी बनाउँदैछौ
सिंचित गर्ने पानी मुहानहरु
डडेलोले सुकाउँदैछौ
सेवा गर्ने यी हातहरु
काटिदिएका छौ
गत्तव्यसम्म पुग्ने यी खुट्टाहरु
भाँचिदिएका छौँ

अब म
यी काटिएका हात र
भाँचिएका खुट्टाले
त्यहाँ गएर

के गरुँ <<

म तिमीले देखाएको बाटो हिड्न तयार छु

तिमीले थमाएको गरौँ झोला

बोक्न तयार छु

तर

मलाई तिमीले देखाएको बाटो हिड्न र

तिमीले थमाएको झोला बोक्न

मेरा सग्ला हात अनि खुट्टा चाहिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस