२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हामी तिम्रा सन्तान

अ+ अ-

यसो नगर न बाबु भन्छु
ऊ त्यसै त्यसै गर्छ
यसो गर न बाबु भन्छु
ऊ त्यसो गर्दै गर्दैन
फकाएर भन्दा मान्छ बरु मेरो छोरो
रिसाएर भनेको उसलाई मनै पर्दैन ।

तातोले पु हुन्छ (पोल्छ), नछोऊ भन्छु र तान्छु
ऊ जानाजान त्यसैलाई छोइदिन्छ
पानीमा नखेल ‘आच्छु’ हुन्छ भनेर थप्पड हुन्छ
ऊ लडीबुडी गर्छ र चित्त दुखाएर रुन्छ
गर्न हुने के हो, नहुने के ऊ जान्दै जान्दैन
फकाएर भन्दा मान्छ बरु मेरो छोरो
थर्काएर हप्काएर ऊ मान्दै मान्दैन ।

सरकार,
हामी तिम्रै सन्तान
आफ्ना सन्तानलाई भनेको काम गराउन
फकाउनु र हौस्याउनु पर्छ कि पर्दैन ?
घोक्राएर जबर्जस्ती कामका लाउँदा
उसले तिमीले चाहेजस्तो काम गर्छ कि गर्दैन ?
मुटु ढुङ्गाको तिम्रो पनि नहुँदो हो
सन्तानको दुःखमा तिम्रो मन रुन्छ कि रुँदैन
थकित मनले हताश मनस्थितिमा काम गर्दा
तिम्रो उद्देश्य पूरा हुन्छ कि हुँदैन ?

लागौँला तिमीले खटाएकै काममा
हिँडौँला तिमीले पठाएकै ठाममा
मात्र तिमीले हामीले आफ्नो ठाने पुग्छ
तयार छौँ मान्न तिम्रा हर जायज कुरा
मात्र तिमीले हाम्रा दुई चार कुरा माने पुग्छ ।

प्रतिक्रिया दिनुहोस