बालविवाहको आरोपमा दुई प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बालविवाहको आरोपमा दुई प्रहरी नियन्त्रणमा


प्रशासन संवाददाता

२० पुस २०७५, शुक्रबार


ओखलढुङ्गा । बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बालविवाहको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खत्री ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा १० मा र किशोरी कक्षा ९ मा अध्ययनरत छिन् । उनीहरुले बालविवाह गरेको भन्दै चम्पादेवी–७ का वडाध्यक्ष सुरेश थापाले जिल्ला प्रहरी कार्यालयमा सूचना दिएका थिए ।

तोकेको भन्दा कम उमेरमा विवाह गरेको भन्ने सूचनाका आधारमा उनीहरु दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिए । ओखलढुङ्गाामा ५० प्रतिशतभन्दा बढी बालविवाह हुने गरेका विभिन्न अध्ययनले देखाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस