चार कम्पनीको शेयर मूल्य समायोजन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चार कम्पनीको शेयर मूल्य समायोजन


प्रशासन संवाददाता

१६ पुस २०७५, सोमबार


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

स्टककाअनुसार आज हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।

हिमालयन बैंकको ५ प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु ४८९ मा समायोजन भएको छ । मूल्य समायोजनपछि बैंकको औसत आधार मूल्य रु ६७४ रहेको छ ।

स्टकमा आजै मेगा बैंकको पनि एक प्रतिशत शेयर लाभांश दिएपछि प्रतिकित्ता रु १८० मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधारमूल्य रु २१७ रहेको छ ।

पूर्णिमा विकास बैंकको पनि ५ प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु १५९ मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधार मूल्य रु २२६ रहेको छ ।

यस्तै महुली सामुदायिक लघुवित्तको शेयर पनि २० प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु १ हजार २८३ मा मूल्य समायोजन भएको छ । उक्त लघुवित्तको औसत आधारमूल्य रु एक हजार २१५ रहेको छ । स्टककाअनुसार ती कम्पनीको शेयर समायोजित मूल्यमा नै शेयर कारोवार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस